Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालिकालाई यौन दुर्व्यवहार र महिलालाई जबरजस्ती करणी गर्ने प्रहरीको फन्दामा

कपिलवस्तु। प्रहरीले ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-२ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरेको छ ।किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, भोजपुरमा ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077