Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लकडाउनको दोस्रो दिन : संक्रमितको संख्यामा नयाँ रेकर्ड, ५७२७ जना थपिँदा ३३ को मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले हिजोबाट काठमाडौँ उपत्यकामा लकडाउन समेत लागू गरिएको छ।

तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या झण्डै ६ हजार नजिक  रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो।

यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१  जनामा पीसीआर परीक्षण र ५२५  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५६५७ र ७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लाख ८१  हजार ०९५ जना डिस्चार्ज भएका छन् । आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार २७९  पुगेको छ ।

हिजो नेपालमा ४९२८ जना थपिँदा ३५ को मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077