Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध लुटेर बेच्न खोज्दा पक्राउ परे दुई घुमुवा प्रहरी

काठमाडौं । लागूऔषध कारोबारको आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवा वृत्तका दुई घुमुवा प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनसेवामा कार्यरत रहेका जवानद्वय नरेन्द्रसिंह नगारी र प्रेम ओड छन्।

शुक्रबार काठमाडौंको डल्लु क्षेत्रबाट पक्राउ परेका उनीहरुले बरामद भएको लागूऔषध बेच्न खोजेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिलिप चौधरीले बताए ।

उनीहरुको साथबाट लागूऔषध डाइजेपाम, फेनारगन, नुर्फिन समेत गरी १८६ एम्पुल बरामद भएको छ ।

प्रहरी अनुसन्धानका क्रममा अन्य लागूऔषधको गिरोहसँग उनीहरुको कनेक्सन भेटिएको छ।

उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077