Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा १,६१२ जना संक्रमण मुक्त, नेपालमा निको हुने दर कति ?

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ७ हजार २११  जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार १४७  जनामा पीसीआर परीक्षण र ६२३  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७१३७ र ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३६ हजार ०३०  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १६१२ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लाख ८३  हजार ९९४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको हुने प्रतिशत ८५.९ रहेको छ।

आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २७ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ३२५  पुगेको छ ।

हिजो नेपालमा ५७६३ जना थपिँदा १९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077