Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोनाका कारण राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौं। १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ। नयाँ भेरियन्टसँगै कोरोना भाइरस महामारीको रुपमा फैलिएपछी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री  शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

तुम्बाहाङफेका अनुसार आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको छ। महामारी कम भएपछि फेरि सुचारु हुने छ, उनले भनिन्

यसअघि १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।

गणनाका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिसकेको समेत विभागले जनाएको छ । तर, कोभिड-१९ को नयाँ भरियन्टका कारण जनगणना स्थगित भएको जनाइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077