Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा मृत्यु

कैलाली । बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिप दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077