Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निषेधाज्ञामा मृत्य हुनेहरुको संख्या झन् बढ्यो, एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै ५५  रहेको छ ।

योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा ३७ जनाको मृत्यु भएको थियो।

यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ७ हजार ६६०  जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार १३१  जनामा पीसीआर परीक्षण र ५७१  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७५८७ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ००५  पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077