Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड, माधव र उपेन्द्रबीच भेटवार्ता, संसदमा ओलीलाई असफल बनाउने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

जसपा अध्यक्ष यादवको निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता भएको हो।

जसपा अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वैशाख २७ गते संसदमा लिने विश्वासमतलाई कसरी असफल बनाउने विषयमा रणनीति बनाउन उनीहरुको बीचमा छलफल भइरहेको हो।

जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै परेका माधव नेपालसहित प्रचण्डले छलफल गरेका हुन् ।

तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको यादवनिकट स्रोतले बताएको छ । एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम(उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।

बुधबार नै ​माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेका नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासमतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077