Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

असुलीमा बद्नाम भएपछि सिराहाका एसपी तानिए

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख सुदीप राजभण्डारी तानिएका छन् । प्रहरीको प्रधान कार्यालयले एसपी राजभण्डारीलाई तीन महिनामै फिर्ता बोलाउने निर्णय गरेको हो ।

आईजीपी शैलेश थापा क्षेत्री आफैलेले हिजो (मंगलबार) उक्त काज सरुवाको निर्णय गरेको बताइएको छ ।

स्रोतका अनुसार तीन महिना सिराहाको प्रमुख हुँदा राजभण्डारी विभिन्न विवादमा तानिएको र कार्यक्षमतामा पनि कमजोर देखिएपछि उनलाई फिर्ता गरिएको हो ।

प्रहरी हेडक्वार्टरले एसपी राजभण्डारीको स्थानमा प्रहरी प्रधान कार्यालयको बजेट शाखामा कार्यरत एसपी हिराबहादुर पाण्डेलाई पठाएको छ भने सिराहाबाट तानिएका एसपी राजभण्डारीको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077