Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५०  रहेको छ ।

योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ५७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा ५४ जनाको मृत्यु भएको थियो।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ०२३  जनामा र ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा १७३ जानमा संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ३७ लाख ७ हजार ६०३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077