Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोनाको स्थिति भयावह: पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ३ हजार ८५९ संख्या पुगेको छ।

यस्तै, आज ९ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४० लाख ३ हजार ७९४ पुगेको छ।

आज देशभर ४ हजार ७ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ३० लाख ६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077