Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालको कोरोना महामारीबारे अमेरिकी सिनेटमा छलफल

    नेपालको कोरोना महामारीबारे अमेरिकी सिनेटमा छलफल

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । नेपालमा गम्भीर बन्दै गएको कोरोना भाइरसको महामारी तथा सम्भावित भयावह अवस्था रोक्नका लागि भइरहेको प्रयास तथा गर्न सकिने सहयोगबारे अमेरिकी माथिल्लो सदन सिनेट अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल भएको छ ।

    बुधबार राति भएको छलफलमा भाग लिँदै सिनेटर क्रिस मर्फी र जीन शहीनले नेपालमा गम्भीर बन्दै गएको अवस्थालाई लिएर अमेरिकी सहयोग नियोग (युएसएड) का प्रतिनिधि जेरेमी कोनियनडिकसँग जवाफ मागेका थिए ।



    सिनेटर मर्फीले भारत महामारीको विश्वव्यापी इपिसेन्टर बनिरहेको अवस्थामा छिमेकी देश नेपालमा त्यो अवस्था आउन नदिनका लागि भइरहेको प्रयासबारे जानकारी लिएका थिए । आइसियूबेड, अक्सिजन बेड तथा भेन्टिलेटरसहितका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु भारतबाट आपूर्ति हुन नसकेकोबारे उनले चिन्ता प्रकट गरेका थिए ।



    यस्तै सिनेटर शहीनले नेपालको संक्रमणदर उच्च रहेकामा चिन्ता प्रकट गरेकी थिइन् । नेपाललाई खोपसहितका अत्यावश्यक सामग्री सहयोग गरिदिनका लागि पहल गर्न अमेरिकालाई पछिल्लो समय समाजिक सञ्जाल तथा खुला अपील आइरहेको उनले बताइन् ।

    जवाफमा युएसएडका जेरेमीले नेपाललाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको र आफू निरन्तर परामर्श र सम्भावित सहयोगका लागि जुटिरहेको बताए । उनले हालसम्म नेपाललाई कोभिड–१९ सम्बन्धी विभिन्न सामग्रीमार्फत २३ दशमलव ७ मिलियनभन्दा बढी सहयोग गरिएको जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार