Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बूढानीलकण्ठमा सरकार गठनको कसरत, ठाकुरलाई फकाउदै देउवा

    बूढानीलकण्ठमा सरकार गठनको कसरत, ठाकुरलाई फकाउदै देउवा

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 2.6K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ।

    नयाँ सरकार गठनका लागि विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाकै उपेन्द्र यादव पक्षहरु एकजुट भएको बेला गठबन्धनको विपक्षमा रहेका अध्यक्ष ठाकुर सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्।



    आज दिउँसो ११ बजेदेखि सुरु भएको छलफल अहिलेसम्म पनि जारी रहेको बूढानीलकण्ठ स्रोतले जानकारी दिएको छ। बैठकमा नयाँ सरकार गठनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भए पनि ठोस निर्णय हुन भने नसकेको बताइएको छ।



    नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै गरेका कांग्रेसका सभापति देउवा गठबन्धनको विपक्षमा रहेका अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा रहेका अध्यक्ष ठाकुरसँगको वार्तामा आफूलाई साथ दिन आग्रह गरेका छन्।

    ठाकुर पक्षलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने देखिन्छ । उता जसपानिकट स्रोतले भने एमालेको माधव नेपाल पक्षले राजीनामा दिने सम्भावना टर्दै गएकोले वैकिल्प सरकार जसपाकै नेतृत्वमा बनाउनेबारे बैठकमा प्रस्ताव हुनसक्ने जनाएको छ ।

    माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गर्ने तयारी भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

    एमालेका माधव नेपाल पक्षका नेताहरुसँग पहल जारी राखिएको र जसपाका नेताहरुसँग पनि भेटवार्ता जारी राखिएको लेखकको भनाइ छ।

    नयाँ सरकार गठनका लागि एमालेको माधव नेपाल पक्षको मतलाई कांग्रेसले आशा गरिरहेको छ। यद्यपि नेपाल पक्षले अझै ठोस निर्णय गरिसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार