Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चपली हाइटमा ओली-नेपाल वार्ता चलिरहँदा प्रचण्ड देउवा निवास पुगे

    चपली हाइटमा ओली-नेपाल वार्ता चलिरहँदा प्रचण्ड देउवा निवास पुगे

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’बीच छलफल सुरु भएको छ।

    नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा आज बेलुका ९ बजे सकिने भएकाले यसबारे छलफल गर्न मओवादीका अध्यक्ष प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा छलफल शुरु भएको हो।



    बूढानीलकण्ठकै चपली हाइटमा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीचवार्ता भइरहेको बेला अध्यक्ष प्रचण्ड देउवा निवास पुगेका हुन्।



    बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर भएका कांग्रेस सभापति देउवाले यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए।

    यस्तै, सभापति देउवाले आजै दिउँसो ४ बजे पार्टीको पदाधिकारी बैठक पनि बोलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार