Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • वैकल्पिक सरकारको सम्भावना टर्यो, ओली फेरि प्रधानमन्त्री बन्ने पक्का !

    वैकल्पिक सरकारको सम्भावना टर्यो, ओली फेरि प्रधानमन्त्री बन्ने पक्का !

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नयाँ सरकार गठनमा दाबी गर्दै आएका मुख्य दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेका छन् ।

    आज साँझ बसेको दुवै दलको छुट्टाछुट्टै बैठकले जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष निकालेका हुन्।



    माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताएका थिए।



    त्यस्तै, सभापति शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस पदाधिकारी बैठकमा पनि देउवाले आफुले आफुलाई सघाउन आग्रह गर्दा जसपा अध्यक्ष ठाकुरले नमानेको र नेपाल पक्षले पनि राजिनामा नदिने भएपछि सरकार गठनमा दाबी गर्न नसकिने बताएका थिए।

    बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ ९दुई निलम्बित० र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

    यससँगै एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तै भएको छ । उनी जसपाको महन्थ पक्षका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ ९३० अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट भइ सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार