Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो- अक्सिजनको आवश्यकता परे यी दुई नम्बरमा फोन गर्नु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेअक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

आज मन्त्रालयले एक सूचना जारी गर्दै अक्सिजन आपूर्ति सहजीकरणका लागि दुईवटा मोबाइल हटलाइन नम्बर र इमेल आइडी सार्वजनिक गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

सूचनामा कोरोना संक्रमितहरुको उपचार गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि मन्त्रालयले सहजीकरण गर्न सक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077