Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा थप २०३ जनाको मृत्यु, ८,५२० जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०९८४ पीसीआर र ५३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा  ८ हजार ५२०  जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर २०३ जनाको मृत्यु भएको छ ।यो संगै हालसम्म मृत्यु हुनेहरुको संख्या ४ हजार ६६९ पुगेको छ।

यस्तै, २४ घण्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

यसअघि हिजो बुधबार देशभर  ८ हजार ९६०  जनामा संक्रमण थपिएको थियो भने २१४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077