Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'बिरामीका आफन्तलाई ‍अक्सिजन लिन नपठाउनु'

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी वा आफन्तलाई ‍अक्सिजन लिन नपठाउन अस्पताललाई निर्देशन दिएको छ।

आज मन्त्रालय सह- प्रवक्ता डा.समिर कुमार अधिकारीले एक सूचना जारी गर्दै जारी गर्दै अक्सिजन जस्तो औषधिय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्न नमिल्ने बताएका छन्।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइएमयूमार्फत प्राप्त तथ्याङकमा आधारित भई स्वीकृत मापदण्ड भित्र रही देशभरका अस्पतालहरुमा अक्सिजन आवश्यकता अनसार उपलब्ध गराउने कार्य भइरहेको छ।’ जारी सूचनामा भनिएको छ, ‘केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने सुन्नमा आएकोमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ। अक्सिजन जस्तो औषधिय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहि कतै कसैले यस्तो गर्ने गर्नु भएको छ भने नर्गन नगराउनु हुन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077