Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तिब्बत सरकारद्वारा नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजनसहित आईसीयु र भेन्टिलेटर सहयोग

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट नेपालका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त हुने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले बिहीबार बिहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री ल्हासास्थि नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरेको जानकारी दिएकी छिन्।

राजदूत याङ्छीका अनुसार सहयोग समाग्रीहरुमा ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजनसहितको ८ सय सिलिन्डर , १० वटा अक्सिजन कन्सन्ट्रेटर , ५ वटा भेन्टिलेटर, २ सय वटा आइसियु वेड, र १५ हजार एन्टिजेन किट रहेको छ ।

यसअघि चीन सरकारले नेपाललाई कोरोना भाइरसको खोपदेखि अक्सिजनका सिलिन्डरहरु अनुदानमार्फत् दिँदै आएको छ। नेपाली राजनीतिमा समेत बढो चाख राख्ने राजदूत याङ्छीले आगामी दिनहरुमा पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्दता जनाएकी छिन्।

https://twitter.com/PRCAmbNepal/status/1395229496823881733

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077