Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बूढानीलकण्ठ पुगेर प्रचण्डले भने - महाअभियोग आउन सक्छ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको लागि आज बेलुका सम्मको समय दिएकी छिन्। यसैबिषयमा छलफल गर्न बैठक बोलाइएको श्रेष्ठले बताए।

यसैबीच, पार्टी स्थायी कमिटी बैठक बस्नु अघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन्।

बूढानीलकण्ठ पुगेका बेला प्रचण्डसँग संचारकर्मीहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्द महाअभियोग आउला त भन्ने प्रश्नमा उनले भने, 'तयारी हुँदैछ, आउन सक्छ।'

यस्तै कांग्रेसका कतिपय नेताहरुले समेत महाअभियोग ल्याउनु पर्ने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077