Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्की मनोनीत

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्की मनोनीत

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत गरेको छ ।

पार्टीले सोमबार जारी गरेको जानकारीअनुसार काठमाडौं निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वासका साथ उक्त पदमा मनोनयन गरिएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा सक्रिय युवा कार्कीसँग विभिन्न अन्तर्राष्ट्रिय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ। उनले विश्वभरका युवा लोकतन्त्रवादीहरूको अन्तर्राष्ट्रिय सञ्जालमा सहअध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

कार्कीले विगतमा संयुक्त राष्ट्र संघीय 'वर्ल्ड अर्बन फोरम'सहित अमेरिका, न्यूजिल्याण्ड, फिनल्याण्ड, जर्मनी, मोरक्को र बेलायतमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा लोकतान्त्रिक मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत बहस, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा भूमिका खेलेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077