Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बूढानीलकण्ठबाट पेरिसडाँडा जाँदै गर्दा प्रचण्डले भने - धेरै विकल्पहरु छन्, एकछिनपछि टुंगोमा पुग्छौँ

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक अहिलेलाई  सकिएको छ।

बैठकमा सत्तारुढ दल एमालेका नेता माधवकुमार नेपालको समेत सहभागिता रहेको थियो भने माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईको समेत सहभागिता रहेको थियो।

बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकमा जान लागेका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको र आजै आफूहरु एउटा टुंगोमा पुग्ने  बताएका छन्। ‘विकल्पहरु छन्, धेरै विकल्पहरु छन्’, प्रचण्डले भने, ‘एकछिनपछि हामी टुंगोमा पुग्छौँ।’

काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077