Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

    प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकाल्दै कानुनी लडाई लड्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।



    उनले भने–‘अब लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको छ । त्यसका लागि साथमा रहनुभएका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको छ ।’



    महतले भने–‘राष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट हिजो निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको हाम्रो निष्कर्ष रह्यो । बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर भयो ।’

    उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताए ।

    ओलीको कदमविरुद्ध रणनीति बनाउन नेपाली कांग्रेसहित पाँच दलको संयुक्त बैठक अहिले जारी छ । संसद् भवनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई समूह तथा राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बसेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार