Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • खिमलाल देवकोटा भन्छन् -चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु

    खिमलाल देवकोटा भन्छन् -चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई थर्काएको बताएका छन् । उनले केहीको आवाजको भने रेकर्ड नै राखेको भन्दैआवश्यक परेमा नाम पनि भन्ने बताए ।

    राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए÷थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।’



    तर, आफू अडिग रहेको र विचलित भएको भए स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने उल्लेख गरेका छन्।



    फेसबुकमा उनले लेखेका छन्,’व्यक्तिगत रुपमा मलाई चुनावबाट back हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । कसै कसैको त voice रेकर्डनै राखेको छु । तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ । लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार