Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

रामनारायण यादव/ जनकपुरधाम। प्रहरीले सिरहामा कटुवा पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको लहान नगरपालिका वडा नम्वर १ कृष्णटोलबाट १ थान कटुवा पेस्तोल र १ थान गोली सहित तीनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्वर १ बस्ने २५ वर्षीय करण पुर्वे, २२ वर्षीय संजय कुमार महतो र २४ वर्षीय धर्मेन्द्र महतो रहेका छन् ।

उनीहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत बैशाख २८ गते राति जिल्लाको लहान नगरपालिका वडा नम्वर १ कृष्णटोल स्थित ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन, चाँदी सहित चोरी भएको थियो ।

सोही घटनामा संलगनहरुलाई खोजतलास गर्ने क्रममा विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीे टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077