Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रहरी चौकीभित्रै खुकुरी हानाहान, चौकी प्रमुख असई घाइते

काठमाडौं। धरानस्थित प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान हुँदा चौकीका इन्चार्ज असई नै घाइते भएका छन् । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज सुमन दाहाल घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार , धरान–१५ मा रहेको अस्थायी प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहमाथि अर्को समूहले आक्रमण गरेको हो । चौकी भित्रै आक्रमण गर्न खोजेपछि त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज असई दाहाल घाइते भएका हुन् ।

असई दाहालमाथि ७÷८ जनाको समूहले आक्रमण गरेको थियो । दाहालमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयल सुनसरीले जनाएको छ । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077