Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरी चौकीभित्रै खुकुरी हानाहान, चौकी प्रमुख असई घाइते

    प्रहरी चौकीभित्रै खुकुरी हानाहान, चौकी प्रमुख असई घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 10.1K
    SHARES

    काठमाडौं। धरानस्थित प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान हुँदा चौकीका इन्चार्ज असई नै घाइते भएका छन् । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज सुमन दाहाल घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार , धरान–१५ मा रहेको अस्थायी प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहमाथि अर्को समूहले आक्रमण गरेको हो । चौकी भित्रै आक्रमण गर्न खोजेपछि त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज असई दाहाल घाइते भएका हुन् ।



    असई दाहालमाथि ७÷८ जनाको समूहले आक्रमण गरेको थियो । दाहालमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयल सुनसरीले जनाएको छ । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार