Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डा. कृष्ण पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्तामा नियुक्त

काठमाडौँ । स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्।

यसअघि कान्ति बाल अस्पतालको प्रमुखमा रहेका डा पौडेल मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा नियुक्त भएका हुन्।

यसअघिका प्रवक्ता डा.जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालको प्रमुख भएपछि उनको ठाउँमा डा. पौडेललाई शुक्रबार मन्त्रीस्तरीय बैठकले नियुक्त गरेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पौडेलले बाल स्वास्थ्य समूहको जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077