Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्य देवकोटाद्वारा सपथ ग्रहण

    राष्ट्रियसभाका नवनिर्वाचित सदस्य देवकोटाद्वारा सपथ ग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ। बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

    आज संघीय संसद सचिवालयमा आयोजित कार्यक्रमकाबीच देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्।



    गत ६ गते भएको निर्वाचनमा नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका थिए । माओवादी छोडेर थापा एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए ।



    तर, कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहले समर्थन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार