Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी युरोपियन च्याम्पियन

एजेन्सी । म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी युरोपियन च्याम्पियन बनेको छ ।

शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।

पोर्चुगलको पोर्तोमा भएको खेलमा ४२ औँ मिनेटमा काई हाभेर्ट्जले गरेको गोल नै निर्णायक बन्यो । चेल्सीले दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

थोमस टुकलको टिम चेल्सीले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको हो।

सन् २०१२ मा पहिलोपटक च्याम्पियन्स लिग च्याम्पियन बनेको चेल्सी यो पटक अर्को प्रिमियर लिग क्लबलाई पराजित गरेर विजेता बनेको हो ।

सिटीले भने अझैसम्म युरोपियन च्याम्पियन बन्ने अवसर पाएको छैन । थोमसले चेल्सीको प्रशिक्षकका रुपमा पहिलो उपाधि नै च्याम्पियन्स लिग जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077