Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यमनका हुथी विद्रोहीद्वारा साउदी हवाई अखडामा ड्रोन आक्रमण

एजेन्सी। यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रको किङ खालिद एयर बेस (हवाई अखडा) मा आइतबार बिहानै बम जडित ड्रोन मार्फत आक्रमण गरेको छ ।

यमनसँग सीमा जोडिएको साउदी अरेबियाको सीमावर्ती खामिस मुशाएट शहरमा रहेको हवाई अखडामा बम आक्रमण गरिएको हुथी विद्रोहीले जनाएका छन् ।

हुथी समूहका सैनिक प्रवक्ता येहेया सारिएले हुथीद्वारा सञ्चालित अल–मासिरहा टिभीसँग कुरा गर्दै आफूहरुले प्रहार गरेको ड्रोनले साउदी हवाई अखडामा सही निशाना लगाएको दाबी गरे ।

यसैबीच, साउदी अरेबियाको गठबन्धनले खामिस मुशाएटलाई लक्षित गरी हुथी समूहले प्रहार गरेको ड्रोन बमलाई निस्कृय पारिएको बताएको छ ।

अल अरेबिया टिभीका अनुसार हुथी विद्रोहीले झण्डै २४ घण्टाको अवधिमा गरेका दुई यस्तै हमलालाई साउदी सेनाले बिफल पारिदिएको छ ।

गत फेब्रुअरीदेखि इरान समर्थित हुथी समूहले सीमा वारपार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तिब्र बनाएका छन् । तेल खानी रहेको मध्य यमनको मारिब प्रान्तलाई नियन्त्रणमा लिन साउदी समर्थित यमनी सरकारको सेनाले कारबाही थालेयता हुथी विद्रोहीले पनि आक्रामक कारबाही शुरु गरेका छन् ।

हालैमात्र संयुक्त राष्ट्रसंघको अग्रसरतामा यमनका परस्पर विद्रोही समूहहरुबीचको वार्ता पनि विना निष्कर्ष समाप्त भएपछि थप अन्यौल बढेको छ ।

यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ । हुथी विद्रोहीहरुले देशका धेरैवटा उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिनुका साथै राजधानी सानाबाट अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारलाई बिस्थापित गरेको छ । राष्ट्रपति अब्द–राब्बु मन्सुर हादी हाल राजधानी सानालाई छाडेर अन्यत्रबाट शासन चलाइरहेका छन् ।

साउदी अरेबियाको अग्रसरतामा बनेको इरान बाहेकका अरब देशहरुको गठबन्धनले हादीको सरकारलाई समर्थन जनाउँदै सन् २०१५ को मार्चदेखि यमन द्वन्द्वमा हस्तक्षेप गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077