Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनमा दुई सन्तान नीतिको अन्त्य, तीनकाे अनुमति

एजेन्सी। चीनका नागरिकले अब तीन सन्तान जन्माउन पाउने अनुमति पाएका छन् । चीनले तीन सन्तानकाे अनुमति दिएसँगै यसअघि लागू गरिएको दुई सन्तानकाे कडा नीति अन्त्य भएकाे छ ।

यसअघि चीनले बढ्दो जनसंख्या न्यूनीकरण गर्न एक सन्तान नीति अपनाएको थियो । जनसंख्या न्यूनीकरण गर्न त्यसले धेरै मद्दत गरेपछि दुई हुँदै अब तीन सन्तान पनि जन्माउन पाउने छुट चिनियाँहरुले पाएका हुन् ।

चीनकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार तीन सन्तान जन्माउन पाउने निर्णयमा सत्ताधारी कम्युनिस्ट पार्टीकाे पाेलिटब्युराेले निर्णय गरेपछि राष्ट्रपित सी जिनपिङले अनुमति दिएका हुन्।

चीनमा एक दशकमा हुने जनगणनामा त्यहाँको जनसङ्ख्या पछिल्लाे केही दशकमा पहिलाे पटक सुस्त गतिमा बढिरहेकाे पाइएपछि यस्ताे निर्णय भएको हाे । हाल चीनको जनसंख्या झन्डै साढे दुई अर्ब रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077