Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यी हुन् निषेधाज्ञामा सरकारी गाडी लिएर स्वयम्भूमा युवतीसँग ‘रामलिला मच्चाउने’ कर्मचारी !

    यी हुन् निषेधाज्ञामा सरकारी गाडी लिएर स्वयम्भूमा युवतीसँग ‘रामलिला मच्चाउने’ कर्मचारी !

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 72.3K
    SHARES

    काठमाडौं। निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डेटिङमा लिप्त’ तस्बिर र भिडियो सार्वजनिक भएको काण्डमा सरकारी आयोजनाकै एक प्रमुख मुछिएका छन्।

    कोरोना महामारीका कारण राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेको बेला  आइतबार बिहान करिब ११ बजेको समयमा स्वयम्भु डाँडामा प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी अंकमाल गरेका तस्बिर र भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो।



    उक्त गाडी नयाँ शहर आयोजना समन्वय कार्यालयका  निर्देशक रोशन श्रेष्ठको रहेको खुलेको छ। नयाँ शहर सहरी बिकास मन्त्रालय अन्तर्गतको आयोजना हो। शहरी बिकास तथा भवन निर्माण बिभागका आयोजनाहरु मध्ये नयाँ शहर आयोजना  महत्वपूर्ण मानिन्छ।



    श्रेष्ठले नै एक युवतीलाई लिएर त्यहाँ रोमान्स गर्न गएको आयोजनाकै एक कर्मचारीले नाम नवताउने सर्तमा दाबी गरेका छन् । अहिले सबैतिरबाट उक्त गाडीको बारेमा खोजी हुन थालेपछि श्रेष्ठ मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

    तर, सरकारी नम्बर प्लेट भएकाले उनीहरुलाई  प्रहरीले निर्वाध हिंड्न छुट दिएको थियो। भिडियो र तस्बिरमा उनीहरुको अनुहार भने प्रस्ट देखिँदैन।

    सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।

    स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेर सामाजिक सन्जालमा हालेका थिए।

    पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिएर तत्कालै गाडी स्टार्ट गरी ‘टाप’ कसेका थिए ।

    घटनाको बिषयमा विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि कारबाही हुने बताएका छन्। दाहालले उक्त गाडीको बारेमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको वताएका छन्।

    रोशन श्रेष्ठ भन्छन्- गाडी मैले नै चढ्ने हो, ड्राइभरले लगेको हो

    निषेधाज्ञाको समयमा सरकारी गाडी लिएर युवतीसँग डाँडामा पुगेर डेटिङमा लिप्त हुन पाईन्छ त  ? भन्ने प्रश्नमा  श्रेष्ठले उक्त व्यक्ति आफु नभएको वताए।

    श्रेष्ठले उक्त गाडी ड्राइभरले लगेको र आफु छलफलमा रहेको भन्दै पन्छिन  खोजे । ती ड्राइभर को हुन त  भन्ने प्रश्नमा उनले नामै भन्न चाहेनन्।

    तर, उक्त आयोजनाका एक कर्मचारी भने श्रेष्ठ आँफैले गाडी चलाएको र ड्राइभर भन्दै गल्ति ढाकछोप गरेको दाबी गर्छन्। घटना सार्वजनिक भएपछि हिजो दिनभर उक्त आयोजनामा कर्मचारीहरुबीच छलफल भएको थियो। सहरी बिकास मन्त्रालयले घटनाबारे अनुसन्धान थालिसकेको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार