Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानलाई चीनको सहयोग, उत्पादन गर्‍यो कोरोनाविरुद्धको 'पाकभ्याक' खोप

एजेन्सी । चीन सरकारको सहयोगमा पाकिस्तानले स्थानीय रूपमै कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार यो खोप एउटै डोजमा आधारित रहेको छ।

चीनले उपलब्ध गराएको कच्चा पदार्थका आधारमा पाकिस्तानले खोप उत्पादन गरेको हो । चीनले उत्पादन गरेको एक डोजको खोप 'कान्सिनो'लाई नै पाकिस्तानले स्थानीय रूपमा उत्पादन गरेको हो । कान्सिनाेलाई पाकिस्तानले 'पाकभ्याक' नाम दिएको सञ्चारमाध्यम डनले जनाएको छ।

पाकिस्तानले मङ्गलवार करिब १ लाख २० हजार डोज खोप उत्पादनसँगै सार्वजनिक गरिएको थियो ।

प्रति महिना झण्डै ३० लाख डोज खोप उत्पादन गर्न सक्ने क्षमता अनुसार पाकिस्तानले खोप उत्पादन थालेको छ भने, यी सबै खोप आफ्ना नागरिकहरूलाई लगाउने छ ।

यद्यपि, यो खोपको प्रभावकारिता एवं परीक्षणबारेका कुनै पनि जानकारीहरू भने बाहिरिएका छैनन् ।

पाकिस्तानले हालसम्म ७० लाख भन्दा बढी खोप लगाइसकेको छ भने, ९लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077