Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओली पक्षीय स्थायी कमिटी बैठक आज पनि स्थगित !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आफू पक्षीय स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।

यसअघि ओलीले बुधबार दिउँसो चार बजे तोकेको बैठक पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज चार बजेलाई बोलाइएको बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । तामाङका अनुसार आजको बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको थियो।

यसअघि पनि गत आइतबारका लागि बोलाइएको बैठक सोमबार हुदै मंगलबार मात्रै बसेको थियो ।

आजको बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट, पार्टी एकता र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचन लगायतका विषयमा छलफल हुने तयारी थियो ।

यसअघि मंगलबार बसेको बैठकले पार्टी एकताका लागि जोड दिने र हदैसम्मको लचकता अपनाउने निर्णय गरेको थियो।

यता, नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ। ओली पक्षले यो बैठक अनधिकृत व्यक्तिले बोलाएकाले बैठकमा सामेल नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई आज बिहान निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077