Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ओलीले अल्मल्याउन मात्रै खोज्छन्, सम्झौता गर्न सकिदैन : झलनाथ खनाल

    ओलीले अल्मल्याउन मात्रै खोज्छन्, सम्झौता गर्न सकिदैन : झलनाथ खनाल

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका छन् ।

    आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसकेकाले अब मिल्न नसक्ने बताएका हुन् ।



    अहिले आत्तिने बेला नभएको र जोस जाँगरका साथ बढ्ने बेला भएको बताउदै आफूहरुको समूहमा कम्युनिष्टआन्दोलनका सच्चा नेता कार्यकर्ता रहेको समेत दाबी गरे ।



    अहिले समूह सानो भएपनि भविष्यमा राम्रो कार्यक्रम र एजेन्डाका साथ फैलने बताउदै उनले नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । विगतमा पनि आफूहरुले सानो समूह हुँदै देशकै ठूलो दल बनाएको अनुभव सुनाए ।

    ओलीले अलमलाउने काम मात्र गरेकाे भन्दै कुनै हालतमा सम्झौता गर्न नहुनेमा खनालको जोड दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार