Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सह सेनानी विष्टलाई राष्ट्रसंघ महासचिवको ‘प्रशंसा पत्र’

काठमाडौँ । नेपाली सेनाका एक अधिकृतलाई राष्ट्रसंघीय महासचिवले ‘प्रशंसा पत्र’ दिएका छन्।

दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको श्री कालीध्वज गण दशौं डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदर स्वरुप युएन ‘लेटर अफ कमेन्डेसन’ प्राप्त भएको हो।

गत मंसिर १० गते दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातीय हिंसात्मक झडपमा तत्काल तनावग्रस्त इलाकामा परिचालन भइ विष्टले बफर जोनको रूपमा काम गरी ठूलो जनधनको क्षति हुनबाट जोगाएका थिए ।

जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलका कारण सम्भावित ठूलो जातीय हिंसा रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरुप उनलाई सम्मान प्राप्त भएको हो ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघले प्रशंसा गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077