Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्याप्टेन विजय लामा टिमद्वारा प्रहरीलाई १० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

काठमाडौं। सेभ नेपाल फर्म कोभिड-१९ ग्लोबल एलाइन्स फण्डले नेपाल प्रहरीलाई १० थान अक्सिजन कन्सनट्रेटर  हस्तान्तरण गरेको छ । 

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई उक्त कन्सन्ट्रेटरहरु हस्तान्तरण गरेका हुन्। 

उक्त अवसरमा आईजीपी क्षेत्रीले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै मानव कल्याणका निमित्त निस्वार्थ भावमा संलग्न भई गरिएको उदाहरणीय सामाजिक तथा मानवीय सेवाको प्रशंसा गर्दै यस मानवीय पुनीत कार्यमा सहकार्य गर्ने मौका मिलेकोमा गौरवको महसुस भएको बताए । आपत विपद्‍को समयमा मानवीय सेवा महत्वपूर्ण हुने र सो प्रहरी सेवाको दायित्व समेत रहेको चर्चा गर्दै आगामी दिनमा समेत आपसी सहयोग आदान प्रदान गर्न तत्पर रहेको उनले उल्लेख गरे।  

सो अवसरमा उक्त एलायन्समा आवद्ध वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालिन क्याप्टेन पारस खड्का, उक्त एलायन्स नेपाल च्याप्टरका कोअर्डिनेटर पुकार बम र मिस नेपाल २०२० नम्रता श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै मानवीय सेवाका लागि आपसी समन्वयका साथ काम गरेमा सफलता हासिल हुने विचार व्यक्त गरेका थिए । 

हस्तान्तरण गरिएका १० थान अक्सिजन कन्सन्ट्रेटरहरुमध्ये नेपाल प्रहरी अस्पताल लगायत प्रादेशिक प्रहरी अस्पतालहरु दिपायल, सप्तरी, पोखरा र नेपालगंजलाई वितरण गरिने उक्त अवसरमा जानकारी दिइएको छ। 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077