Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुरे दोहनविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीद्वारा नेविसंघका ९ जना नेता पक्राउ

काठमाडौँ । चुरे दोहनविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ९ जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।

गत जेठ १५ गते सरकारले बजेटमार्फत् ल्‍याएको चुरे क्षेत्र नीति गलत भएको भन्‍दै प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले काठमाडौ‌को गोंगबुबाट पक्राउ गरेको हो ।

नेविसंघका महामन्त्री भट्टराईका अनुसार चुरे दोहन, उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको बहुल राष्ट्रिय राज्यबारेको अभिव्यक्ति र पेट्रोलियम पदार्थमा भएको मूल्‍यवृद्धि विरुद्ध प्रदर्शन गरिएको हो।

‘चुरेको गिट्टी, प्रभूलाई भेटी’, ‘चुरे बचाऔं, संस्कृति जोगाऔं’ लगायतका पम्प्लेटसहित नेविसंघले विरोध प्रदर्शन गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077