Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले आज जोर्डनसँग खेल्ने

काठमाडौँ । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ ।
सो खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन् ।

चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । नेपालले अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ ।

नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077