Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५,१५३ जनामा संक्रमण पुष्टि हुँदा ६,५७० जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख११  हजार २६८ पुगेको छ। जसमा १२ हजार ०६५ जनाको पीसीआर र ५ हजार ६११ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ५ लाख ०४ हजार ५३० जना कोरोना संक्रमणबाट निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १०८ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ०९८ पुगेको मन्त्रालयले जनाएको छ।

यसअघि हिजो ४४७२ जनामा संक्रमण पुष्टि हुँदा ६, ९५१ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077