Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओली र नेपाललाई मिलाउन ललितपुरको एक होटलमा दोस्रो तहका नेताहरुबीच छलफल

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको सम्बन्धमा एक पछि अर्को दरार उत्पन्न भइरहेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरूबीच भने आज छलफल सुरू भएको छ।

ललितपुरस्थित एक होटलमा उनीहरूबीच छलफल भइरहेको बताइएको छ। छलफलमा ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदिप ज्ञवाली सहभागी छन् भने नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन्।

पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले आइतबार ६ बुँदे प्रस्ताव राखेको भएपनि नेपाल पक्षले भने ओलीको प्रस्तावलाई स्विकार्न नसक्ने जवाफ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077