Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४,३४४ जनामा संक्रमण पुष्टि हुँदा ५,७६८ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ५६८ परीक्षण गर्दा ८ सय ९५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार ७६८ जना निको भएर घर फर्केका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ८० हजार ३३६ जना आइसोलेसनमा रहेका छन् ।

यसअघि हिजो ५,१५३ जनामा संक्रमण पुष्टि हुँदा ६,५७० जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077