Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मृतकको संख्या घट्दै, थप ५९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९०१ पीसीआर परीक्षण गर्दा २ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५ हजार ३३७ जनाको एन्टिजेन  परीक्षण गर्दा ८ सय ७५ जनामा पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना निको भएर घर फर्केका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ५९ जनाको कोरोनाका कारण ज्यान गएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या  ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।

यसअघि हिजो ४,३४४ जना संक्रमण पुष्टि हुँदा ५,७६८ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077