Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनले शिन्जियाङमा 'नर्कको जस्तो' अवस्था सिर्जना गरेको एमनेस्टीको आरोप

एजेन्सी। एउटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले भनेको छ - चीनले उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकहरूको बसोबास रहेको देशको उत्तर पश्चिमी क्षेत्र शिन्जियाङमा 'मानवता विरोधी अपराधहरू' गरिरहेको छ।

बिहीवार प्रकाशित एक प्रतिवेदनमा एमनेस्टीले संयुक्त राष्ट्र सङ्घलाई अनुसन्धानका लागि आग्रह गर्दै चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसहरूलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना समेत दिने गरेको आरोप लगाएको छ।

एमनेस्टी इन्टरन्याशनलकी महासचिव एग्निस् क्यालामार्डले चिनियाँ अधिकारीहरूलाई 'ठूलो स्तरमा नर्कको जस्तो वातावरण सिर्जना गरेको' आरोप लगाएकी छन्।

उनले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोन्यो गटरेस्‌लाई पनि 'आफ्नो म्यान्डेट बमोजिम काम गर्न असफल भएको' आरोप लगाएकी छन्।

बीबीसीसँग कुरा गर्दै एग्निस् क्यालामार्डले भनिन्,'उनले शिन्जियाङको अवस्थालाई निन्दा गरेका छैनन् र त्यसकाबारेमा अन्तर्राष्ट्रिय अनुसन्धानका लागि पनि आह्वान गरेका छैनन्। '

'संयुक्त राष्ट्र सङ्घ स्थापना भएको मूल्य मान्यताहरूलाई रक्षा गर्ने र निश्चय नै मानवता विरोध अपराधहरूमा चुप लागेर नबस्ने जिम्मेवारी उनको हो,' क्यालामार्डले भनिन्। (बीबीसी नेपालीको सहयोगमा )

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077