Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • फुटबल टोली स्वदेश फर्कियो

    फुटबल टोली स्वदेश फर्कियो

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति स्वदेश फर्किएको छ । नेपाली टोली कतार एयरवेजको उडानमार्फत फर्किएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए ।



    विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेका तीन खेलमध्ये चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो ।



    विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ । गत जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार