Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेटोद्वारा चीनलाई चेतावनी

एजेन्सी । आफ्ना गतिविधिमार्फत सैन्य चुनौति दिएको भन्दै नेटोले चिनलाई चेतावनी दिएको छ । ब्रसेल्समा नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई चुनौतिका रुपमा लिएका छन् ।

चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी रहेको नेटोका नेताहरुले बताएका छन् । चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप नेटोले लगाएको छ ।

नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेको उसले जनाएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरुबिचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो ।

कम्युनिष्ट शासनको बिस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077