Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ५० बर्षीय मण्डल पक्राउ

रामनारायण यादव / जनकपुरधाम । जनकपुरमा एक बालिकामाथि बलात्कार भएको छ ।

बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर २२ बसबिट्टीका ५० वर्षीय छेदु मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मण्डललाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पीडित परिवारको उजुरी आधारमा मण्डललाई पक्राउ गरेको बताए ।

बालिकालाई खेलाउन भनी मंगलवार घरमा लगेको र पछि आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077