Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बादलसहितका नेताहरुलाई पदमुक्तको माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी केन्द्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुलाई पदमुक्त नगरिएको भन्दै माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर, यस बिषयमा आयोगले कारबाही गरेको भएनर सूचना जारी नगरेपछि आयोगमै पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।

नेता पोखरेलका अनुसार पार्टी छाडेका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेकोमा अहिलेसम्म आयोगले सूचना जारी नगरेपछि पुन: विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उनले बताए ।

तर, प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए । केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपी नआएकाले नेतालाई कारबाही गरिएको सूचना सार्वजनिक नगरेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077