Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर र  ५ हजार ४६८ जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १,९६३ र ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ०२० जना निको भएर घर फर्केका छन् ।

यसैगरी, गत २४ घण्टामा ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६४१  पुगेको छ।

यसअघि हिजो २,५२८ जना संक्रमित थपिँदा ३२८ जना डिस्चार्ज भएका थिए भने ३९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077